PahiloPost

May 22, 2024 | ९ जेठ २०८१

​संविधान संशोधन फेल हुँदा पनि केही गुम्ने वाला हैन : उपेन्द्र यादव



दीपेन श्रेष्ठ

​संविधान संशोधन फेल हुँदा पनि केही गुम्ने वाला हैन : उपेन्द्र यादव

काठमाडौँ : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिले सरकारले ल्याएको संविधान संशोधनले समस्या समाधान नगर्ने बताएका छन्। राजधानीमा सोमबार आयोजित एक अन्तरक्रियामा यादवले संशोधन पास गर्दैमा कुनै समस्या हल हुने नदेखिएको बताए।

'अहिलेको संशोधनले पनि समस्या समाधान गर्दैन। मुलुकमा कामय रहेको द्वन्द्व हल गर्दैन। पास गरेर के गर्नुहुन्छ? फेल गरेर के गर्नुहुन्छ? यो संविधान संशोधनले मुलुकको समस्या हल गर्दैन। हामीकहाँ रहेका राजनीति द्वन्द्व  र सामाजिक, सांस्कृतिक वा जातीय द्वन्द्व पनि हल गर्दैन', यादवले भने, 'त्यो विधेयक पास गर्दा कुनै अर्थ रहेन। फेल हुँदा पनि केही गुम्ने वाला हैन। त्यसैले हामीले परिमार्जन गरौँ भनेको हो।'

मंसिर १४ गते संसदमा दर्ता भएको संशोधन विधेयक आइतबार संसदमा टेबल भएको थियो। उनले संविधान संशोधनले स्वीकारोक्तिको दायरा मात्र बढाउने दावी गरे।

यादवले एमालेका सांसदहरुले संविधान संशोधन गर्ने अधिकार संसदलाइ नभएको तर्क गरेको भन्दै आश्चय व्यक्त गरे।


'त्यसो भए संविधान संशोधन गर्ने अधिकार कसलाई छ त? मुलुकको संसदमा संविधान संशोधन हुदैँन भने कहाँ हुन्छ? संसदीय व्यवस्थामा संसदीय सर्वोच्चता हुन्छ। उसले संविधान संशोधन मात्र होइन परिवर्तन नै गर्न सक्छ। त्यो अधिकार हुन्छ संसदमा।'

उनले संघीयता चलाउनै वा छुनै नहुने भए संविधानकै आवश्यकता नरहेको बताए। उनले संविधान संशोधनको परिमार्जनबाट मुलुकको सहज निकास हुन सक्ने बताए। तर प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्ड ढुलमुले भएको उनको आरोप थियो।

डाक्टर बाबुराम भट्टराईसँग मञ्चमा सँगै रहेका यादवले आफूहरुसँगको भेटमा प्रधानमन्त्रीले संशोधन परिमार्जन गर्ने बताएको तर अन्य दलहरुसँग फरक अभिव्यक्ति दिएको दावी गरे।
 
प्रधानमन्त्री हामीसँग भेट्दा परिमार्जन गर्छु भन्नुहुन्छ। एमालेलाइ भेट्दा यो पनि धेरै त हो भन्ने कुरा गर्ने। कांग्रेसले भेट्दा तपाँइहरुले भने भन्दा बढी कहाँ हुन्छ भन्ने। यस्तो ढुलमुले ढुलमुले', यादवले आक्रोश व्यक्त गर्दै भने, 'ढुलुमुलेको भूमीका हुनु हुदैँन। यसले नोक्सान गरेको छ। ढुलमुले क्यारेक्टर बदलेर ठोस रुपले मुलुकलाइ निकास दिने ठोस रुपमा मुलुकलाइ निकास दिने र द्वन्द्व हल गर्ने र संविधानले सम्बोधन गर्न छुटेका समुदायलाइ सम्बोधन गर्दै कमि कमोजरी र विकृतीलाइ सच्याउने गरि अगाडि बढे मुलुकले निकास पाउँछ।'

यादवले संविधानको पहिलो संशोधन माथि समेत व्यङ्ग गरे। उनले अहिलेको संविधानको पुर्नलेखन 'टोटल रिभ्यु'  आवश्यक रहेको बताए।
 
'पहिला संविधान जबरजस्ती ९० प्रतिशतले जारी भयो र संशोधन पनि ९० प्रतिशतले जबरजस्ती गर्‍यो', उनले व्यङ्ग गर्दै भने, एक ठाउँमा लेखिएको थियो भूगोल र जनसंख्या, ९० प्रतिशले संशोधन गरेर जनसंख्या र भूगोल गरिदियो। सामाजिक न्यायको हकमा १७ क्लष्टरको ठाउमा २ झिकेर १५ गरेर ठूलो काम गर्‍यो।'

उनले अहिले आएको संविधान संशोधनले पनि देशको राजनीतिक समस्या समाधान नगर्ने बताए।


कार्यक्रममा नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले अहिलेको संविधान अपूर्ण रहेको दावी गरे। ‘संविधान यति अपूर्ण छ कि यसलाई लागू गर्न फलामको च्यूरा चपाउनु सरह पर्छ’– भट्टराईले भने, ‘सकिन्छ भने सार्थक ढंगले संशोधन वा पुनर्लेखन गरौं नभए संविधान नै खारेज हुन्छ ।’
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell