PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

​एचआइभी एड्सका देशभर ४० हजार संक्रमित, मृत्युदर बढ्यो



पहिलोपोस्ट

उर्लाबारी (मोरङ) : नयाँ एचआइभी एड्स संक्रमितको दर घटे पनि मृत्युदर भने बढेको पाइएको छ। 

स्पर्श नेपाल, विराटनगरले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो। 

राष्ट्रिय एचआइभी एड्स महासंघका अध्यक्ष अच्युत सिटौलाले सन् २०१५ सम्ममा देशभरि ४० हजार एचआइभी संक्रमित रहेको रहेको जानकारी दिए । सचेतनाका कारण प्रत्येक वर्ष ०.२ प्रतिशतको दरले एचआइभी संक्रमित घट्दै गएको उनको भनाइ छ । 

एचआइभी संक्रमितको संख्यामा कमी आए पनि मृत्युदुर भने बढेको अध्यक्ष सिटौलाले बताए । उनका अनुसार देशभरि प्रत्येक वर्ष दुई हजार ३०० को संख्यामा एचआइभी संक्रमतिको मृत्यु हुने गरेको छ । एचआइभी संक्रमित समाजमा खुल्न नचाहेको र नियमितरुपमा औषधि सेवन नगर्दा चाँडै मृत्यु हुने गरेको अध्यक्ष सिटौलाले बताए। 

राष्ट्रिय एचआइभी एड्स महासंघले गरेको सर्वेक्षण अनुसार देशभरि ४० हजार एचआइभी संक्रमित भएपनि नियमितरुपमा १३ हजार देखि १४ हजार जनाले मात्र औषधि सेवन गर्ने गरेका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell