PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

साँखुमा मनाइने भो- यस वर्षको भूकम्प सुरक्षा दिवस, पाँचदिने कार्यक्रम तय



पहिलोपोस्ट

काठमाडौँ : 'भूकम्पीय सुरक्षाको बलियो आधार, भैँचालो थेग्ने घर र भौतिक पूर्वाधार“ भन्ने नाराका साथ माघ २ गते १९ औँ भूकम्प सुरक्षा दिवस मनाइने भएको छ।
 
माघ २ गते आइतबार दिनको ११:५५ बजे साँखुमा प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यक्रमको उद्घाटन गर्नेछन्। पाँच दिनसम्म साँखुमा भूकम्पीय सुरक्षासम्बन्धी प्रदर्शनी पनि आयोजना गरिने सहरी विकास तथा भवन निर्माण विभागका निमित्त महानिर्देशक एवम् प्रचारप्रसार उपसमितिका संयोजक मणिराम गेलालले जानकारी दिए।
 
कार्यक्रममा सडक नाटक र जनचेतनामूलक अभियानसमेत सञ्चालन गरिनेछ। प्रदर्शनीमा २२ कक्ष राखिने भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका निर्देशक विजयकृष्ण उपाध्यायले जानकारी गराए।
 
सरकारले २०५६ देखि भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell