PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

गायिका तथा टेलिभिजन प्रस्तोता किम कार्दासियानलाई लुट्ने १६ जना समातिए



पहिलोपोस्ट

गायिका तथा टेलिभिजन प्रस्तोता किम कार्दासियानलाई लुट्ने १६ जना समातिए

पेरिस : अङ्ग्रेजी तथा केही युरोपेली भाषामा प्रसारण हुने टेलिभिजन कार्यक्रमकी गायिका किम कार्दासियान वेस्टको गरगहना तथा अमूल्य जुहारत डकैती गर्ने गिरोहका १६ जनालाई पक्राउ गरिएको छ। कार्दासियान नर्तकी, अनगिन्ती फिल्मकी नायिका तथा विश्वका धेरै देशमा ख्याति कमाएकी कलाकार पनि हुन्।
 
फ्रान्समा फेशन विक टेलिभिजन सो नामक कार्यक्रम प्रस्तुत गर्ने सिलसिलामा कार्दासियान गतः अक्टोबर महिनामा पेरिस पुगेकी थिइन्। पेरिसस्थित उनको निजी निवासमा डाँकाहरूको एउटा ठूलै गिरोह जबर्जस्ती घुसी किमलाई बाँध, छाँद गरेर बाथरुमभित्र थुनी एक करोड अमेरिकी डलरभन्दा बढी मूल्य पर्ने सुन तथा हिराका गर गहना, जुहारत डकैती गरेर फरार भएका थिए।
 
त्यस बखत उनलाई शारीरिक चोटपटक केही नलागे ता पनि मानसिक रूपमा निकै सन्त्रस्त र विचलित भएकी किमका प्रवक्ता महिलाले बताएकी थिइन्।
 
फ्रान्सेली प्रहरीले सोमबार सो लुटेराहरूको गिरोह पक्राउ परेको जनाएको छ। यद्यपि, लुटिएका गर गहना तथा जुहारत बरामद हुन सक्यो, सकेन भन्ने तथ्य प्रहरीले खुलाएको छैन।रासस/एपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell