PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

स्थायी बन्ध्याकरण गर्ने महिलाको सङ्ख्या बढ्यो, जाडो मौसममा अधिक



पहिलोपोस्ट

राजविराज : राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा स्थायी बन्ध्याकरण गर्ने महिलाको सङ्ख्यामा वृद्धि भएको छ।
 
जिल्लाको एक मात्र सरकारी अस्पतालका रुपमा रहेको अञ्चल अस्पतालमा आजभोलि स्थायी बन्ध्याकरण गर्न आउनेको सङ्ख्यामा वृद्धि भएको अस्पतालले जनाएको छ।
 
अस्पतालको परिवार नियोजन संस्थागत फाँटमा प्रमुख एवम सिनियर अहेब सरिता झाका अनुसार दैनिक ६० देखि ७० जना स्थायी बन्ध्याकरण गराउन महिला आउने क्रम बढेको छ।
 
उनले अस्पतालमा एक दिनमा ४० जनासम्म स्थायी बन्ध्याकरण गर्ने लक्ष्य रहे पनि अहिले आवश्यकताभन्दा बढी बन्ध्याकरण गर्नेको भीड लागेको बताइन्।
 
खासगरी तराईका जिल्लामा पुस, माघ र फागुन महिनामा बढी महिलाले बन्ध्याकरण गर्नाले यत्रो ठूलो सङ्ख्या बढेको जनाइएको छ। पुस १ गतेदेखि पुसको तेस्रो सातासम्ममा ४१० जनालाई स्थायी बन्ध्याकरण गरिएको अस्पताल प्रशासनले जनाएको छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell