काठमाडौं : मकवानपुरको हैटौँडा ४ मा ना ३ त ७७३२ नम्बरको ट्याक्टरले बा ३३ प ५२८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्। सोमबार बेलुकी सवा ७ बजे सो दुर्घटना भएको हो।
घाइते हेटौँडा ५ शान्तिनगरका ५२ वर्षीय अर्जुनप्रसाद ढुङ्गेलको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ। दुर्घटना पश्चात् फरार रहेका ट्याक्टर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।