PahiloPost

Jul 16, 2025 | १ साउन २०८२

​लेखा समिति सभापति चयन प्रक्रिया अनिश्चित, बुधबारको निर्वाचन स्थगित



पहिलोपोस्ट

काठमाडौं : संसदको सार्वजनिक लेखा समिति सभापति चयनको प्रक्रिया अनिश्चित भएको छ। बुधबारको लागि तय भएको सभापति चयन प्रक्रिया अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ। समिति सचिवालयले सूचना जारी गरी सभापति चयन प्रक्रिया रोकिएको जनाएको छ।

शीर्ष नेताहरुसँगको छलफलपछि सभामुख ओनसरी घर्तीले पुस १८ गते लेखा समिति र महाभियोग सिफारिस समितिको सभापति चयनको कार्यतालिका सार्वजनिक गर्न सचिवालयलाई निर्देशन दिएकी थिइन्। तर, सचिवालयले कार्यतालिका तयार पारेपछि महाभियोग सिफारिस समितिले राजनीतिक सहमति नभएसम्म सभापति चयन प्रक्रिया अघि नबढाउने निर्णय गरेको थियो।

समितिले माघ २५ गतेसम्मका लागि बैठक नै स्थगित गरेको थियो। राजनीतिक सहमतिको अभावमा समिति सभापति चयन प्रक्रिया रोकिएको हो।

लेखा समितिमा तत्कालीन सभापति जनार्दन शर्मा ऊर्जामन्त्री भएपछि पाँच महिनादेखि लेखा समिति सभापतिविहीन छ। यस्तै, महाभियोग सिफारिस समिति गठन भएपनि ज्येष्ठ सदस्यको नेतृत्वमा बैठक बस्दै आएको छ । समिति पनि बिजनेशविहीन छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell