PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

​भरत सिटौलाको 'हल्का हल्का चढाइयो' सार्वजनिक



पहिलोपोस्ट

​भरत सिटौलाको 'हल्का हल्का चढाइयो' सार्वजनिक

काठमाडौँ: गायक भरत सिटौलाको नयाँ गीत ' हल्का हल्का चढाइयो' सार्वजनिक भएको छ। युट्यबु मार्फत सिटौलाले म्युजिक भिडियो सहित गीत सार्वजनिक गरेका हुन्।

गीतमा शब्द, स्वर र संगीत सिटौलाले आफैँ दिएका छन्। गीतको म्युजिक भिडियोमा समेत आफैँ अभिनय गरेका छन्। गीतको संगीत संयोजन सैलेन्द्र प्रधानले गरेका हुन् भने भिडियोको निर्देशन विभोर पोखरेलले गरेका हुन्।

सिटौलाको यसअघि 'कैले आगो कैले पानी', 'बैंसमा'मा जस्ता गीत चर्चित छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell