PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

अनिल गुरुङको भोट रोनाल्डोलाई, नेपालका कोच र स्पोर्टस् जर्नालिस्टले कसलाई दिए भोट? यस्तो छ पूरा लिस्ट

अनिल गुरुङको भोट रोनाल्डोलाई, नेपालका कोच र स्पोर्टस् जर्नालिस्टले कसलाई दिए भोट? यस्तो छ पूरा लिस्ट

पहिलोपोस्ट /पहिलोपोस्ट


पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले लियोनल मेसी र एन्टोनी ग्रिनजमनलाई पछि पार्दै फिफा बेस्ट फुटबल प्लेअरको अवार्ड जितेका छन्। 

विश्वभरका राष्ट्रिय कप्तान र कोच, सेलेक्टेड स्पोर्टस् जर्नालिस्ट र अनलाइन पोल भोटिङका आधारमा रोनाल्डोले अवार्ड जितेका हुन्। चारवटै क्याटेगोरीको २५ प्रतिशत भोट गणना भएको हो।

त्यसमा नेपालबाट पनि कोच, कप्तान र जर्नालिस्टले भोट दिएका थिए। नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान अनिल गुरुङले अवार्ड जितेका रोनाल्डोलाई पहिलो प्राथमिकतामा राख्दै भोट दिएका थिए भने नेमारलाई दोस्रो र मेसीलाई तेस्रोमा भोट दिएका थिए।

यस्तै प्रशिक्षक ग्योतुकु कोजीले पहिलो नम्बरमा लियोनल मेसी, दोस्रोमा गारेथ बेल र तेस्रोमा पउल पोग्वालाई भोट दिएका थिए।

स्पोर्टस् जर्नालिस्टमा नेपालबाट दि काठमाडौं पोस्टका रितेश रिजालले लियोनल मेसीलाई पहिलो भोट दिएका थिए भने रोनाल्डोलाई दोस्रो र बेललाई तेस्रोमा भोट दिएका थिए।

विश्वभरका अन्य देशका कोच, कप्तान र स्पोर्टस् जर्नालिस्टले गरेको भोट यसप्रकार छ।


ट्रेन्डिङ पोस्ट

Ncell