PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

कीर्तिपुर क्रिकेट मैदानमा उपराष्ट्रपति नन्दबहादुर पुनको बलिङ, १२ फोटोमा

कीर्तिपुर क्रिकेट मैदानमा उपराष्ट्रपति नन्दबहादुर पुनको बलिङ, १२ फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : हुन त उपराष्ट्रपति नन्दबहादुर पुन कुनै क्रिकेट खेल खेल्न गएका थिएनन्, तर उनले क्रिकेटको बल समाते। बलिङ गरे।

प्रसंग हो, दोस्रो रुस्लान कप क्रिकेको उद्घाटन समारोह।

मंगलबार बिहान उपराष्ट्रपति पुन रुस्लान कप क्रिकेटको चिफ गेस्टको रुपमा कीर्तिपुरस्थित त्रिवि मैदान पुगेका थिए। 

पुनले मैदानमा पुगेर पहिले बेलुन उठाए। त्यसपछि क्रिजमा पुगे। अनि ४ बल बलिङ गरे। उपराष्ट्रपति पुनले हिमालयन डिस्टीलरीका निर्देशक अखिलेश्वर प्रताप सिंहविरुद्ध ४ बल बलिङ गर्दा विकेट झार्न भने सकेनन्। 

बलिङ गरे पनि पुनले ब्याटिङचाहिँ गरेनन्। पुनलाई रुस्लान कप क्रिकेटका आयोजक काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरका म्यानेजर ज्ञानेन्द्र मल्ले टोकन अफ लभ स्वरुप बल र बयाट प्रदान गरेका थिए। 


ट्रेन्डिङ पोस्ट

Ncell