PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

सदनमै एमाले सांसदको माग- 'पृथ्वीजयन्तीमा सरकारले सार्वजनिक बिदा घोषणा गरोस्'



पहिलोपोस्ट

सदनमै एमाले सांसदको माग- 'पृथ्वीजयन्तीमा सरकारले सार्वजनिक बिदा घोषणा गरोस्'

काठमाडौं : नेकपा एमालेका सांसद तथा पोलिटब्युरो सदस्य प्रकाश ज्वालाले राष्ट्रिय एकता दिवस एवं पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिन सरकारसमक्ष माग गरेका छन्।
 
व्यवस्थापिका संसदको आजको शून्य समयमा बोल्दै ज्वालाले राष्ट्रनिर्माताका रुपमा रहेका पृथ्वीनारायण शाहको सम्झनामा बिदा दिइनुपर्ने माग गरे। 'उनी राजामात्र थिएनन् राष्ट्रनिर्माता पनि हुन्,' उनले भने, 'टुक्राटुक्रामा विभाजित नेपाल एकीकरणमा उनको योगदानलाई बिर्सन मिल्दैन। सरकारले जसरी हुन्छ भोलि सार्वजनिक बिदा घोषणा गरोस्।'

उनले यसो भनिरहँदा राप्रपाका सांसदहरुले टेबल ठटाएरै समर्थन गरेका थिए।

मुलुकमा लोकतन्त्र स्थापनापछि हरेक वर्ष पृथ्वीजयन्तीका दिन दिँदै आएको सार्वजनिक बिदा कटौती गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell