PahiloPost

Mar 20, 2026 | ६ चैत्र २०८२

ओली भन्छन्- 'संविधान कार्यान्वयन गर्न निर्वाचनभन्दा अर्को विकल्पै छैन'



पहिलोपोस्ट

ओली भन्छन्- 'संविधान कार्यान्वयन गर्न निर्वाचनभन्दा अर्को विकल्पै छैन'

दमक : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जाति, भाषा, धर्म र भूगोलका नाममा मुलुकलाई खण्डित गर्न नहुने बताएका छन्।
 
झापाको धरमपुरदेखि कुञ्जीबारी जोडिने कालोपत्रे सडकको स्थानीय रानामिलमा आज शिलान्यास गर्दै उनले राष्ट्रिय एकता कमजोर बनाउन विभिन्न पक्ष लागेको आरोप लगाए। मुलुकलाई अखण्ड राख्न एमाले सधैँ लाग्ने उनको भनाइ छ।
 
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले संविधान कार्यान्वयन गर्न निर्वाचनको विकल्प नभएकाले छिटो निर्वाचनमा मुलुकलाई लैजान आवश्यक रहेकामा जोड दिए।
 
कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य अग्निप्रसाद खरेलले संविधान कार्यान्वयन गर्नु मुलुकको एक मात्र लक्ष्य भएको बताउँदै त्यसका लागि निर्वाचन अपरिहार्य रहेको बताए।
 
करिब रु ८ करोडको लागतमा बन्ने ११ किमि लामो कालोपत्रे सडक ३० महिनाभित्र पूरा हुने बताइएको छ।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell