PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

स्वस्थानी नजिकियो, साँखुस्थित सालीनदी मेलाको तयारी पूरा



पहिलोपोस्ट

काठमाडौँ : पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म माधवनारायण स्वस्थानी मेला लाग्ने साँखुस्थित सालीनदीमा मेलाको तयारी पूरा भएको छ।
 
माधवनारायण स्वस्थानी व्रत तथा सालीनदी सुधार समितिले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा यस वर्षको एकमहिने मेलाको तयारी सकिएको जानकारी दिइयो। यातायात, शान्ति सुरक्षा, लाइन एवम् बजार व्यवस्थापन, प्रसाद वितरण, स्वयम्सेवक परिचालन आदिका लागि १७ उपसमिति गठन गरी सबै तयारी पूरा गरिएको समितिका संयोजक राजुभाइ मानन्धरले बताए।
 
'केही वर्षदेखि सालीनदीमा आउने पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ, भारतका विभिन्न स्थानबाट समेत धार्मिक पर्यटक सालीनदीमा आउने क्रम बढ्न थालेकाले मेलालाई अझ व्यवस्थित बनाइने छ,' उनले भने।
 
यस वर्ष यही पुस २८ देखि आगामी माघ २८ गतेसम्म सालीनदी मेला लाग्नेछ। एक महिनामध्येको कुनै एक दिन मात्र भए पनि सालीनदीमा गई स्नान गरे पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ।रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell