PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

सेतो मच्छिन्द्रनाथको रौनक सुरु, मूर्ति मर्मत गर्न थालियो



पहिलोपोस्ट

काठमाडौँ : काठमाडौँको जनबहालस्थित सेतो मच्छिन्द्रनाथको मूर्तिलाई मर्मत तथा सिङ्गारको काम भइरहेको छ।
 
पौष शुक्ल अष्टमीका (गत शुक्रबार) दिन महास्नान गराइएको सो मूर्तिमा बिग्रेको ठाउँमा आवश्यक मर्मत र सिङ्गारपछि घाममा राख्ने गरिन्छ। नवमीका दिनदेखि नै सो कार्य जारी छ।
 
पौष शुक्ल पूर्णिमाका दिन मूर्तिलाई विधिविधानपूर्वक दशकर्म गरी प्राण प्रतिष्ठा गरिने र मन्दिरमा विराज गराइने पुजारी स्वयम्भूरत्न बज्राचार्यले जानकारी दिए।
 
प्रत्येक वर्ष पौष शुक्ल सप्तमीका दिन मूर्तिलाई मन्दिरबाट निकालेर कलशमा देवताको प्राण प्रतिष्ठा गरिन्छ। भक्तजनले सो मूर्तिको विकल्पमा सोही कलशमा पूजा गर्ने चलन छ।
 
बौद्ध धर्मावलम्बीले आर्य अवलोकितेश्वर, शैवले सिंहनाथ लोकेश्वर, वैष्णवले हरिका रुपमा तथा योगीले नाथका रुपमा मच्छिन्द्रनाथलाई आस्था प्रकट गर्ने गर्दछन्।
 
गोरखनाथका पनि गुरुका रुपमा मच्छिन्द्रनाथलाई मानिएको छ। सहकाल र वर्षाका रुपमा समेत मच्छिन्द्रनाथको पूजा हुने गर्दछ। सेतो मच्छिन्द्रनाथ भने निरोगी र करुणाका प्रतीकका रुपमा बौद्ध धर्मावलम्बीले विश्वास गर्दछन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell