PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

सौराहा घुम्न पुगेकी भारतीय पर्यटक महिलाको हात्ती आक्रमणबाट मृत्यु



पहिलोपोस्ट

रत्ननगर (चितवन) : सौराहामा आज जङ्गली हात्तीको आक्रमणबाट एक पर्यटकको मृत्यु भएको छ।
 
सौराहास्थित हात्ती प्रजनन् केन्द्रको अवलोकनका लागि परिवारसहित पुगेकी भारत गुजरातकी २२ वर्षीया स्नेहा कानपाराको हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
 
बिहान साढे १० बजे हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।
 
प्रजनन् केन्द्रमा घुम्ने क्रममा निकुञ्जबाट आएको हात्तीले उनलाई आक्रमण गरेको जनाइएको छ। सौराहामा पालुवा हात्तीसँग सहवासका लागि जङ्गली हात्ती यहाँ आउने गर्दछन्।रासस
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell