PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

पुल निर्माणमा संलग्न दुई मजदुरको भीरबाट खस्दा ज्यान गयो



पहिलोपोस्ट

सल्यान : भीरबाट लडेर गएराति दुई मजदुरको मृत्यु भएको छ।
 
वामे– ३ बाहुनघाटमा झोलुङ्गे पुल निर्माणमा संलग्न मजदुरको राति करिब ५० मिटर तल खसी घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा कैलाली–६ थापाचौरका ४५ वर्षीय भरथरी चौधरी र ४४ वर्षीय लामारी चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
 
जाजरकोट छेडाबजारबाट पुलको सामान लिई फर्कने क्रममा उनीहरु वामे गाविसको करासी भिरबाट राति १० बजेतिर खसेका थिए। शव परीक्षणका लागि सुर्खेत जिल्ला अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell