PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

विश्वकप फुटबलमा अब ४८ देशले खेल्ने



पहिलोपोस्ट

विश्वकप फुटबलमा अब ४८ देशले खेल्ने

विश्वकप फुटबलमा अब ४८ देशले सहभागिता जनाउने भएका छन्। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ३२ बाट बढाएर ४८ पुर्‍याउने निर्णय गरेको हो।
 

तर यो निर्णय सन् २०२६ को वर्ल्डकपबाट मात्र लागू हुनेछ। जसअनुसार सुरुमा ४८ देशलाई १६ समूहमा विभाजन गरिनेछ र प्रत्येक समूहमा ३ देश हुनेछन्। जसबाट शीर्ष २ टीम अन्तिम ३२ मा प्रवेश गर्नेछन्। 

जियानी इन्फान्टिनो फिफाको अध्यक्ष बनेसँगै उनले आफ्नो नयाँ योजना अनुसार विश्वकपमा सहभागी संख्या बढाउने बताएका थिए। मंगलबार ज्युरिखमा भएको फिफा काउन्सिलको बैठकले सहभागी संख्या बढाउने पक्षमा फैसला गरेको हो।

सहभागी संख्या बढेसँगै अब कुल ८० खेल हुनेछ। अहिलेको ३२ टीम फर्म्याटमा कुल ६४ खेल खेलाइँदै आएको छ।

अब युरोपबाट विश्वकप खेल्ने संख्या १३ बाट बढाएर १६ पुर्‍याउनेछ। यस्तै अफ्रिका र एसियाबाट पनि सहभागी संख्या बढ्नेछ।

अहिले भइरहेको ३२ टीमको वर्ल्डकप फर्म्याट सन् १९९८ को फ्रान्स वर्ल्डकपदेखि लागू भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell