PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

​रुस्लान कप क्रिकेट : पुलिस र आर्मी क्वाटरफाइनलमा प्रवेश



पहिलोपोस्ट

​रुस्लान कप क्रिकेट : पुलिस र आर्मी क्वाटरफाइनलमा प्रवेश

काठमाडौं : विभागीय क्लबद्वय नेपाल पुलिस र नेपाल आर्मी दोस्रो रुस्लान कप क्रिकेट प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

मंगलबार भएको खेलमा पुलिसले हिमालयन क्रिकेट एकेडेमीलाई ८१ रनको फराकिलो अन्तरले हरायो भने आर्मीले न्यु राइजिङ स्टारलाई ९ विकेटले पराजित गर्‌यो। पराजित हिमालयन क्रिकेट एकेडेमी र न्यु राइजिङ स्टार भने प्रतियोगिताबाट बाहिरिएकोछ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको पहिलो खेलमा पुलिसले टस जितेर पहिले ब्याटिङ गर्दै ओपनर सुनिल धमलाको अर्धशतकको मद्वतमा ६ विकेट गुमाउँदै १८३ रन बनाएको थियो। 

'म्यान अफ दि म्याच' सुनिलले पुलिसका लागि सर्बाधिक ५४ रन बनाए। ५६  बल खेलेका सुनिलले ३ चौका र २ छक्का प्रहार गरे। यस्तै आठौं नम्बरमा ब्याटिङ गरेका कुशल भुर्तेलले आक्रमक प्रदर्शन गर्दै ११ बलमा ३ चौका र ३ छक्काको मद्वतमा नटआउट ३३ रन बनाए। अर्का ओपनर दिलिप नाथले २६ रन जोडे।  बलिङतर्फ हमिालयन क्रिकेट एकेडेमीका कमल ऐरी, प्रकाश विष्ट, अभिनास अधिकारी, अरुन ऐरी र पवन कार्कीले १/१ विकेट लिए।

जवाफमा १८४ रनको उच्च लक्ष्य पछ्याएको हिमालयन क्रिकेट एकेडेमी १९.४ ओलभमा १०२ रनमै अलआउट भयो। एकेडेमीके लागि भुपेन्द्र थापाले ७३ रन बनाएपनि अनय खेलाडीले दोहोरो अंक समेत छुन सकेनन्। ५९ बलमा भुपेन्द्रले ८ चौका र ३ छक्का प्रहार गरे। 
हिमालयन क्रिकेट एकेडेमीलाई कम स्कोरमा समेट्न पुलिसका आरिफ शेख र प्रेम तामाङले ३ ३ विकेट लिए भने दीपेन्द्र सिंह ऐरीले २ विकेट लिए। 

यस्तै त्रिवि मैदानमा भएको दोस्रो खेलमा आर्मीले न्यु राइजिङ स्टारले दिएको ८८ रनको सामान्य लक्ष्य ११.१ ओभरमा १ विकेट गुमाएर पुरा गर्‌यो। आर्मीको जितमा 'म्यान अफ दि म्याच' सागर पुनले अलराउण्ड प्रदर्शन गरे। बलिङमा ३ विकेट लिएका सागरले ब्याटिङमा नटआउट ३९ रन बनाए। सागरले २८ बलमा ५ चौका र १ छक्का प्रहार गरे। यस्तै महेश क्षेत्रीले २४ रन बनाए भने नरेश बुढाएर १८ रनमा नटआउट रहे।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्यु राइजिङ स्टार १८.३ ओभरमा ८७ रनमा अलआउट भयो। न्यु राइजिङ स्टारका लागि सुशान्त सिंह थापा र रविन्द्र जंग शाहीले समान १८ रन बनाए। रविन थापा १४ रनमा नटआउट रहे भने सुजन पुनले १३ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्। न्यु राइजिङ स्टारलाई कम स्कोरमा रोक्न आर्मीका जितेन्द्र मुखियाले ४ विकेट लिए भने सागरले ३ विकेट झारे। चन्द्र साउद र हरिशंकर झाले १/१ विकेट हात पारे।

प्रतियोगिता अन्तर्गत बुधबार हिमालयन ह्वाइट हाउस कलेज र पीसी फाइटर-११ तथा खहरी क्रिकेट क्लब धादिङ र रोएल पीसी फाइटरबीच प्रतिस्पर्धा हुनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell