PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

आन्तरिक कुरा किताब मार्फत खोल्दै करण जोहर



पहिलोपोस्ट

आन्तरिक कुरा किताब मार्फत खोल्दै करण जोहर

फिल्म 'कुछ कुछ होता हे' मा फिल्मकी एक नायिकाले अर्की नायिकासँग संवाद गर्दा प्रयोग गरिएको डायलग छ- 'जाओ दिल की बात बोल दो'। प्रेममा मनभित्रको कुरा गर्न सिकाउने यो फिल्मलाई निर्देशन गरेका हुन् निर्देशक करण जोहरले। बलिउडमा करणले प्रेम कथामा आधारित थुप्रै फिल्म बनाए जसमा प्रेमीले प्रेमिका वा प्रेमिकाले प्रेमीसँग आफ्नो मनको कुरा बताउँछन्। तर करण जोहर स्वयंमको मनको कुरा सहजै बाहिर ल्याउँदैनन्।

एक किताब मार्फत भने करणको केहि आन्तरिक कुराहरु सार्वजनिक हुने भएका छन्, जसमा करणको भिन्न रुप देख्न सकिन्छ। उनको जिन्दगी माथी लेखिन लागेको 'अनसुटेबल बोय' नामक किताब सार्वजनिक हुने भएको हो। किताबलाई करण जोहरले लेखक पुनम सक्सेनासँगको सहकार्यमा लेख्न लागेको बिबिसी हिन्दीले जनाएको छ।

'टाइम्स अफ इन्डिया'ले प्रकाशक 'पेंगुइन इन्डिया'सँग अनुमती लिएर किताबको केहि अंशा प्रकाशित गरेको छ।

जसमा लेखिएको छ- 'यो सबैलाई थाहा छ कि मेरो झुकाव महिलाप्रती बढी छ या पुरुष माथी। मैले चिच्याएर आफ्नो कुरा बताउनु छैन। म यस्तो समाजम छु जहाँ अहिले पनि आफ्नो आन्तरिक कुरा खुलेर बोलें भने मलाई सजाय दिइन सक्छ। यही कारणले म ति कुरा गर्न चाहन्न जुन सबैलाई पहिलेदेखी थाहा छ। म त्यो ठाउँमा छु जहाँ अरु मान्छे सामाजिक संजालमा 'होमोफोबिया'को बारेमा अनेक टिप्पणी गर्छन् र समाज फोहोर गरेको आरोप मलाई लगाउँछन्।'

करणले बिबिसी हिन्दीसँग आफ्नो र शाहरुख खानसँगको सम्बन्धलाई लिएर सामाजिक संजालमा हुने टिप्पणी माथी पनि आपत्ती जनाएका छन्। भने,'मलाई शाहरुख र मेरो नाम अनावश्यक ढङ्गमा जोडेको मनपर्दैन। किनकी शाहरुख त मेरो भाइ जस्तो हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell