PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

भारतीय प्रधानमन्त्री मोदीको 'आमा' राजनीति



पहिलोपोस्ट

भारतीय प्रधानमन्त्री मोदीको 'आमा' राजनीति

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार ट्विट गरे 'योगा छाडेर आमालाई भेट्न गए। उनीसँगै खाना खाँए। एक आपसमा भएको भेट दुबैलाई राम्रो लाग्यो।'

मोदीको  ट्विट सार्वजनिक भएसँगै भारतमा आमामाथी राजनीति शुरु भइहाल्यो । यसलाई अगाडि बढाउने काम गरे आम आदमी पार्टीका प्रमुख तथा नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले।

उनले जवाफी ट्विट गरे 'म आफ्नो आमाको साथमा बस्छु र प्रत्येक दिन आशिर्वाद लिन्छु। तर हल्ला गर्दिन। राजनीतिको लागि म आमालाई बैकको लाइनमा पनि राख्दिन।'


केजरीवाल यत्तीमै रोकिएनन्। उनले अर्को ट्विट पनि थपिहाले 'हिन्दु धर्म र भारतीय संस्कृतीका अनुसार तपाईले आफ्नो बुढी आमा र धर्मपत्नीलाई सँगै राख्नुपर्छ। प्रधानमन्त्री निवास धेरै ठुलो छ। आफ्नो मन ठुलो बनाउनुस्।'

प्रधानमन्त्री भए पनि मोदी सरकारी निवासमा एक्लै बस्ने गरेका छन्। मोदीकी ९५ वर्षिया आमा हिराबेन आफ्नो कान्छो छोरासँग बस्दै आएकी छिन् । उनकी श्रीमती माइतमै छिन्। लामो समयसम्म मोदीले जशोदावेन आफ्नी श्रीमती भएको समेत लुकाउँदै आएका थिए।

सन् २०१४ को लोकसभामा पहिलोपटक उनले आफु बिवाहित रहेको र आफ्नी श्रीमती जशोदावेन रहेको स्विकार गरेका थिए।

मोदीको ट्विट र केजरीवालको जवाफी ट्विटले एकाएक आमामाथी राजनीति चर्कियो। मोदी-केजरीवालको पक्ष-विपक्षमा सञ्जाल दिनभर तात्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell