PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

युवा संघका सदस्यलाई खुकुरी हानेर कारमा काठमाडौं पुगेका थिए आरोपी मल्ल



पहिलोपोस्ट

कोहलपुर :युवा सङ्घ नेपालका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि खुकुरी हानेको आरोपमा पक्राउ परेका मुख्य आरोपी लक्ष्मण मल्ल घटनाको दिन नीजि कारमा चढेर बाँकेबाट भागेर काठमाडौं पुगेको खुलेको छ ।

पुस १४ मा बेलुका ८ बजे नेपालगन्ज सुर्खेत सडकखण्डको कोहलपुर–११ विद्युत्रोड नजिकैको वेलकम कटेजमा युवा सङ्घका केन्द्रीय सदस्य बुढाथोकीमाथी खुकुरी प्रहार भएको थियो।

घटना लगत्तै घाइते बुढाथोकीले मल्लको नाम लिएका थिए। मल्ल सोही दिन बा१४च ४७९ नम्बरको कारमा काठमाडौं पुगेका थिए।
पक्राउ परेका मल्ललाई  इलाका प्रहरी कार्यालय कोहलपुरले मंगलबार सार्वजनिक गरेको थियो।

प्रमुख प्रहरी नायब उपरीक्षक सुरेशप्रसाद काफ्लेले खुकुरी प्रहार भएको २५ मिनेटपछि मात्रै प्रहरीले जानकारी पाएको बताए ।

घाइतेसंग तत्कालै लिइएको बयानमा मल्लको नाम खुलेपछि खोजी शुरु गरेको उनले  दावी गरे। घटना भएको ११ दिनपछि मात्रै मल्ल काठमाडौंमा पक्राउ परेका थिए।

खुकुरी प्रहारमा अन्य व्यक्ति पनि संलग्न रहेको हुन सक्ने भन्दै घटनाबारे थप अनुसन्धान भइरहेको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकप्रसाद राईले बताए।

घटनाबारे अनुसन्धानका लागि प्रहरीले थप ११ जनालाई हिरासतमा लिएको छ । घाइते बुढाथोकीको भारतको लखनउमा उपचार भइरहेको छ । 
राससको सहयोगमा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell