PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

कटप्पाले बाहुबली मार्नुको कारण २८ अप्रिलमा खुल्ने, सुटिङ सकियो



पहिलोपोस्ट

कटप्पाले बाहुबली मार्नुको कारण २८ अप्रिलमा खुल्ने, सुटिङ सकियो


आखिर कटप्पाले बाहुबलीको हत्या किन गरे ।

गत वर्षको फिल्म बाहुबली हेर्नेको मनमा अझै यो जिज्ञासा होला नै। उत्तरको खोजीमा सिक्वेलको प्रतिक्षामा रहेकाहरुले २८ अप्रिलमा यसको जवाफ पाउने पक्का भएको छ।

फिल्मका निर्देशक राजामौलीका अनुसार बाहुबलीको सिक्वेल बाहुबली २ को छायाङकन सकिएको छ। उनले ट्विट गरेर फिल्मको सुटिङ सकिएको जानकारी गराएका हुन्।

फिल्मका नायक प्रभासले ट्विट गरेर फिल्मको सुटिङको अनुभव बाड्दै फिल्म निर्माणमा जोडिएका सबैलाई धन्यवाद दिएका थिए।

बाहुबलीले ६ सय करोडको व्यापार गरेको थियो । सिक्वेल निर्माण शुरु भएदेखि नै यो फिल्म चर्चामा छ । फिल्मको सुटिङ सकिनु अगाडिनै यसको छ मिनेटको ग्राफिक्स भिडियो लिक भएको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell