PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

नेपालको एअरपोर्टमा भारतीय चासो



पहिलोपोस्ट

नेपालको एअरपोर्टमा भारतीय चासो

काठमाडौं : नेपालमा बनी रहेका तीनवटा अन्तराष्ट्रिय विमानस्थल निर्माणमा  सहयोगका लागि भारतले छलफल गरेको छ। उसले उनीहरुले पोखरा र निजगढको विमानस्थलमा चासो देखाउँदै आएको छ।

चीनले निर्माणाधिन भैरहवा विमानस्थल र पोखरा विमानस्थल बनाउने टुङ्गोका साथ काम अगाडि बढिरहेका बेला भारतीय पक्षले उक्त विमानस्थल निर्माणका लागि नेपालसँग प्रस्ताव गरेको हो।

गत महिना नेपाल र भारतका अधिकारीहरुबीच नेपालको हवाई क्षेत्रका लागि थप हवाई रुटबारे भएको छलफलमा उक्त विषय उठेको हो।
भारतको सरकारी कम्पनी एयरपोर्ट अथोरिटिज अफ इन्डिया (एएआई)सँग उक्त विषयमा छलफल भएको इकोनोमिक टाइम्सले उल्लेख गरेको छ। त्यसका लागि अर्को चरणको बार्ताका लागि फेरि नेपाली प्रतिनिधी भारत जाने भएका छन्।

गत महिना भारतमा भएको दुईपक्षिय बैठकमा नेपालले पोखरा र निजगढमा निर्माण हुन लागेका क्षेत्रीय अन्ताराष्ट्रिय विमानस्थल चीनको ऋण सहयोगमा बनाउन लागेको भनेपछि भारतीय अधिकारीहरु अचम्ममा परेका थिए।

उनीहरुले पोखरा र निजगढको विमानस्थल भारतका लागि महत्वको विषय रहेको भन्दै त्यसमा सहयोग गर्ने जनाएको हो।

भारतीय अधिकारीका अनुसार नेपालको एयर ट्राफिक कन्ट्रोल (एटिसी)लाई समेत पुरानो योजना अनुसार बनाउनका लागि छलफल भएको छ। त्यसवेला भारतले नेपालको एटिसी सेवालाई बनाइदिने भनेको थियो।
 
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका बेला हवाई मार्गको विस्तारको सम्झौता भएको थियो। नेपालका निर्माणाधीन विमानस्थल सञ्चालनका लागि अनिवार्य मानिएको खुला आकाश सम्झौता भएको थियो।  
 
एकमहिना अगाडि नेपाल र भारतबीच भएको द्दिपक्षिय वार्तामा भारतले हिमालयन हवाई रुट २ प्रयोगका लागि अनुमति दिने जनाएको थियो। तर निर्माणाधिन भैरहवा र सिमराका दुई विमानस्थलका आकाशमाथि भने भारतले उसको सैनिक क्याम्प रहेका कारण देखाउँदै उसको आकाश प्रयोगको अनुमती दिन आनाकानी  गरेको छ।

भारतले घुमाउरो पारामा भैरहवा र सिमराका एयरपोर्ट निर्माणमा भारतको साथ नलिएको भन्दै हवाई रुट दिन नमानेको पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यले बताए। उनले छलफलमा भैरहवा विमानस्थलको एटिसीको काम र निजगढ विमानस्थल भारतले बनाउन प्रस्ताव गरेकोमा नेपाली पक्षले अस्विकार गरेको बताए।

उनका अनुसार भैरहवा र नेपालगन्ज प्रवेश गर्ने हवाई रुट नपाएसम्म बन्दै गरेका भैरहवा, पोखरा र निजगढ विमानस्थल सञ्चालन सहज हुँदैन र विमान कम्पनीहरुले हाल भारतले दिएको सिमरामाथिको आकाशमात्र प्रयोग गर्न पाइन्छ। नेपालले भैरहवामाथिका लागि हवाई मार्ग बि ३४५ लाई खुला गरिदिन भारतसमक्ष प्रस्ताव गरेको छ।

निर्माणाधीन अन्तर्राष्ट्रिय विमास्थल निश्चित भइसकेको तर भारत हुँदै जाने हवाई रुट निश्चित नभएका कारण केहि समस्या रहेको नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता विरेन्द्र श्रेष्ठले बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell