PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

​प्राविधिक शिक्षा सञ्चालनका लागि महायज्ञबाट ६ करोड संकलन



पहिलोपोस्ट

रामपुर (पाल्पा) : रामपुर नगरपालिका–११ को गंगा माध्यमिक विद्यालयमा सञ्चालन भएको श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञमा रु ६ करोड ३५ लाख ६६ हजार आठसय १८ बराबरको जग्गादान तथा नगद सङ्कलन भएको लेखा समिति संयोजक खगेन्द्र न्यौपानेले बताए। 

विद्यालयमा प्राविधिक शिक्षा सञ्चालनका लागि गत पुस १८ देखि २५ गतेसम्म आयोजना गरिएको महायज्ञमा सबैभन्दा ठूलो दान कपिलमणि आचार्य, सूर्य आचार्य, पिताम्वर आचार्य र मथुरादेवी आचार्यको परिवारले जम्मा रु ६१ लाख ६१ हजार एक सय ६१ रुपैयाँ दान गरेका थिए। 

महायज्ञमा करिब एकहजार एकसय मुरी धान सङ्कलन भएको छ । महायज्ञका अवसरमा ६७ जनाले तुलादान, एक जनाले आफु बराबरको अन्नदान र एक जनाले रु पाँच हजार एकसय बराबरको वैतरणी गरेका छन्। महायज्ञमा पण्डित नारायणप्रसाद न्यौपानेले कथावाचन गरेका थिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell