PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

​नवजात शिशु मृत फेला, घटनामा संलग्नताको आशंकामा दुई पक्राउ



पहिलोपोस्ट

पाँचथर : पाँचथरको सिदिन–४ मा एक नवजात शिशु मृत अवस्थामा फेला परेको छ । स्थानीयवासी २१ वर्षीया रमिला राईले जन्माएर फालेको भन्दै उनीलाई र घटनामा संलग्न फिदिम–१ बस्ने २८ वर्षीय केवर राईलाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ परेका दुवैलाई मङ्गलबार जिल्ला अदालत पाँचथरबाट कर्तव्य ज्यानसम्बन्धी मुद्दाअन्तर्गत म्याद थप गरी अनुसन्धानको कार्य अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक नकुल पोख्रेलले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell