PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

वायु प्रदूषणले लैजान्छ बर्सेनि ९ हजार ९४३ जनालाई, उकुसमुकुस राजधानीको १३ फोटो

वायु प्रदूषणले लैजान्छ बर्सेनि ९ हजार ९४३ जनालाई, उकुसमुकुस राजधानीको १३ फोटो

दीपेन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : सडक विस्तारमा ढिलाइ हुँदा उत्पन्न धुलो, वर्षौं पुराना गाडीबाट निस्कने धुवाँ, विभिन्न कारखानाबाट उत्पन्न विषाक्त धुवाँमा रुमल्लिइरहेको छ राजधानी। वायु प्रदूषणका कारण यति बेला राजधानीवासी हैरान छन्।
 
विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको सन् २०१६ को तथ्याङ्कअनुसार नेपालमा बर्सेनि ९ हजार ९४३ जनाले वायु प्रदूषणका कारण ज्यान गुमाइरहेका छन्। विश्वमा प्रत्येक ९ जनामा एक जनाको मृत्यु वायु प्रदूषणका कारण हुने गरेको छ।
 
वायु प्रदूषणका कारण मतिष्कघात, मुटुको रोग, फोक्सोको क्यान्सर लगायतका नसर्ने रोगको जोखिम बढ्ने चिकित्सकहरु बताउँछन्। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा खेम कार्कीले वायु प्रदूषणका कारण मुटु एवम् फोक्सोको बिरामीका सङ्ख्या बढिरहेको बताए। उपत्यकामा मुटुरोगी ७२ प्रतिशत, दमका बिरामी १४ प्रतिशत र फोक्सोको क्यान्सर १४ प्रतिशतले बढेको उनको भनाइ छ। वायु प्रदूषणले दमखोकीका बिरामी अस्पताल भर्ना हुने दरमा १ दशमलव ३ प्रतिशत, निमोनियाबाट भर्ना हुनेमा ३ दशमलव ४ प्रतिशत बढेको छ भने श्वासप्रश्वाससम्बन्धी रोगबाट मृत्यु हुने दर ३ दशमलव ६ प्रतिशतले बढेको अनुसन्धानबाट देखिएको बताए।
 
वातावरणविद् डा. भूषण तुलाधर वायु प्रदूषणका प्रमुख कारणमा ७५ प्रतिशत घरको भान्छामा प्रयोग हुने दाउरा, गुइँठा रहेको र त्यसले महिला एवं बालबालिकालाई प्रभावित पारिरहेको बताउँछन्। घरबाहिर हुने वायु प्रदूषणमा ३८ प्रतिशत सवारी साधन तथा २५ प्रतिशत धुलोको कण रहेको उनले बताए। 

धुलोबाट कसरी सास्ती खेपिरहेका छन्, राजधानीवासी? हेर्नुस् फोटोमा-


ट्रेन्डिङ पोस्ट

Ncell