PahiloPost

Dec 30, 2025 | १५ पुष २०८२

टिपर दुर्घटनामा सहचालकको मृत्यु, तीन गम्भीर घाइते



पहिलोपोस्ट

रामेछाप : रामेछापमा टिपर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ। 

ना १ ञ ५७ नंको टिपर रामेछापको सदरमुकाम मन्थलीमा दुर्घटना हुँदा सहचालक सिन्धुलीकोे भद्रकालीका रमेश बम्जनको ज्यान गएको हो। 

आज बिहान भएको दुर्घटनामा तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका चालक रमेश घिमिरेलाई उपचारका लागि काठमाडौँ पठाइएको छ । अरू दुईजनाको रामेछापमै उपचार भइरहेको छ । दुर्घटना सहचालकका कारण भएको प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell