PahiloPost

Jun 24, 2025 | १० असार २०८२

​प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पर्सामा सुरु



पहिलोपोस्ट

वीरगन्ज : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पर्सा जिल्लाका चारवटा गाविस विश्रामपुर, गमहरिया, सिवरवा तथा भगराटारमा सञ्चालन भएको छ। 

कृषि क्षेत्रमा उत्पादन तथा उत्पादकत्व बढाई किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यअनुरुप सञ्चालित सो परिरयोजनाअन्तर्गत पहिलो चरणमा पाँचसय हेक्टर क्षेत्रफललाई लक्षित गरी कार्यक्रम सञ्चालन भएको परियोजना प्रमुख वरिष्ठ कृषि अधिकृत वीरेन्द्रराज पराजुलीले बताए। 

सरकारको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत सरकारी खेतीलाई लक्षित गरी सरकारले पचासी प्रतिशत अनुदान दिनेछन् भने १५ प्रतिशत लगानी सरकारी खेती गर्ने समूहगत किसानले आफैँ बेहोर्नेछन्। 

सो कार्यक्रमको मंगलबार वीरगन्जमा उद्घाटन गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी केशवप्रसाद घिमिरेले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले किसानलाई आत्मनिर्भर बनाई आर्थिकरुपमा सबल बनाउने भएकोले बढीभन्दा बढी किसानले यसको फाइदा लिनुपर्ने बताए। 

सो कार्यक्रमको अध्यक्षता जिविस पर्साका स्थानीय विकास अधिकारी विश्वप्रकाश अर्यालले गरेका थिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell