PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

​चितवन एफसीलाई भेट्रान फुटबल उपाधि



पहिलोपोस्ट

​चितवन एफसीलाई भेट्रान फुटबल उपाधि

काठमाडौं : चितवन फुटबल क्लबले प्रथम मदन स्पोर्ट्स कप नाइन ए साइड भेट्रान नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ।

चन्द्रागिरीको ठूलो ढुंगामा मंगलबार भएको फाइनलमा चितवनले आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई ३-० गोलअन्तरले पराजित गर्‌यो। चितवनका लागि २ गोल आयोजकले आत्मघाती गोल उपहार दिए भने रविन्द्र श्रेष्ठले १ गोल गरे।

चितवनले क्वाटरफाइनलमा ४० प्लस फाउन्डेसनलाई १-० तथा सेमिफाइनलमा वीरगन्ज युथ एकेडेमीलाई ४-० गोलले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो। एकेडेमीले क्वाटरफाइनलमा कैलालीको साइनिङ सन फुटबल एकेडेमीलाई ४-१ तथा सेमिफाइनलमा नाइट किङ क्लब, नाइट किङ क्लब, सानो गौचरणलाई २-१ ले पराजित गर्दै फाइनल पुगेको थियो।

उपाधिसंगै चितवनले १ लाख नगद पुरस्कार हात पार्‌यो भने आयोजक एकेडेमीले ५० हजार नगदमा चित्त बुझायो। आयोजक एकेडेमीका नरोत्तम गौतम ‘प्लेयर अफ द टुर्नामेन्ट’ चुनिए। 

चितवनका छन्नुराम चौधरी उत्कृष्ट गोलरक्षक घोषित भए। चितवनकै रविन्द्र श्रेष्ठ र नाइट किङका रवि महर्जन सर्वाधिक गोलकर्ता बने। प्रतियोगिता अवधिभर दुवैले समान ४ गोल गरे।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, एकेडेमीका पूर्व अध्यक्ष रमेश सिलवाल र एकेडेमीका अध्यक्ष एवं सांसद् विनोद श्रेष्ठले एक पुरस्कृत गरे। चारदिने प्रतियोगितामा मोफसलका ३ सहित ८ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell