उर्लाबारी : मोरङका पाँचवटा खोलामा पक्की पुुल निर्माण सम्पन्न भएका छन्।
जिविस मोरङले विराटनगरको सिङ्घिया, रङ्गेलीको घाँगी, राजघाटको कट्नुु र टङ्किसिनवारीको खदरा खोलामा पुुल निर्माण गरेको हो।
जम्मा रु नौ करोडभन्दा बढीको लागतमा ती सबै पुुल निर्माण सम्पन्न गरेको जिविसका इन्जिनियर घनश्याम दाहालले जानकारी दिनुभयो । दुुईदेखि तीनवर्ष भित्रमा ती सबै पुुल निर्माण सम्पन्न गरिएको दाहालको भनाइ छ।
यसैगरी, जिविसले सानाठूला गरी ३० वटा पुुल निर्माण गरिरहेकोमा त्यसमध्ये पाँचवटा पुुलको निर्माण कार्य भर्खरै सम्पन्न भएको र बाँकी पुुलको निर्माण कार्य अन्तिम चरणमा पुुगेको इन्जिनियर दाहालले बताए।
एक वर्ष्भित्र सबै पुुलको निर्माण कार्य सम्पन्न हुुने जिविसले जनाएको छ। रासस