PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

म्यानचेष्टर युनाइेटड इएफएल कप फाइनल नजिक



पहिलोपोस्ट

म्यानचेष्टर युनाइेटड इएफएल कप फाइनल नजिक

हुवाँ माटा र माराउने फेलाइनीले गरेको गोल मद्वतमा म्यानचेष्टर युनाइेटड इएफएल कप अन्तर्गत सेमिफाइनल पहिलो लेगमा हल सिटीलाई पराजित गर्दै फाइनल नजिक पुगेको छ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइेटडलाई २-० को जित दिलाउन दुवै खेलाडीले दोस्रो हाफमा गोल गरे। माटाले ५६ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए। फेलाइनीले खेल सकिन ३ मिनेटमा अगाडी गोल गर्दै युनाइटेडको जित सुनिश्चित पारे।

युनाइटेडल र हलबीच सेमिफाइनलको दोस्रो लेग जनवरी २६ मा हलको मैदानमा हुनेछ।

यस्तै दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज लिभरपुल र साउथह्याम्पटनबीच प्रतिस्पर्धा हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell