PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

२७ फोटोमा हेर्नुस्, 'पुस २७'लाई

२७ फोटोमा हेर्नुस्, 'पुस २७'लाई

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको २९५ औँ जन्मजयन्तीको अवसरमा आज देशभर विभिन्न कार्यक्रम भएका छन्। आज सार्वजनिक बिदा होला कि नहोला भन्ने चासोका बीच सरकारले सार्वजनिक बिदा त दिएन तर निजीस्तरबाट राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती मनाइएको छ।
 
राजधानीमा विभिन्न सङ्घ संस्थाका प्रतिनिधिका साथै राजनीतिक दलका नेताले सिंहदरबार मूलद्वारअगाडि रहेको शाहको सालिकमा माल्यार्पण गरेका छन्।
 
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पृथ्वीनारायण शाहको योगदानका कारण नेपालले विश्वसामु पहिचान बनाएकाले हामी नेपाली भएर बाँच्न पाएको धारणा राखे। मुलुकको राष्ट्रियता, अखण्डता र सार्वभौमिकताको रक्षाका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा जोड दिँदै उनले पृथ्वीनारायण शाहको योगदानको कदरस्वरुप सार्वजनिक बिदा नदिनु उचित नभएको बताए।
 
यस्तै राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणाले मुलुक निर्माण गर्ने इतिहास पुरुषलाई सरकारले बेवास्ता गरेको आरोप लगाए।
 
२९५ औँ राष्ट्रिय एकता दिवस नागरिक मूल समारोह समिति, राष्ट्रिय एकता मञ्च, शिव सेना नेपाल, हिन्दु राष्ट्र जागरण अभियान नेपाल, संयुक्त सुशासनका लागि युवा सङ्गठन नेपाल, शाही युवा शक्ति, गोर्खाली तक्मा नेपाललगायत विभिन्न सङ्घसंस्थाहरु माल्याल्पर्णका लागि र्‍याली र झाँकी सहित शाहको शालिकसम्म पुगेका थिए।


ट्रेन्डिङ पोस्ट

Ncell