PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

चन्द्रागिरिको चुचुरोमा पृथ्वीनारायणको मूर्ति



पहिलोपोस्ट

चन्द्रागिरिको चुचुरोमा पृथ्वीनारायणको मूर्ति

काठमाडौं : चन्द्रगिरि हिल्स लिमिटेडको भालेश्वर मन्दिर नजिकै पृथ्वीनारायण शाहको मूर्ति स्थापना गरिएको छ। कम्पनीले निर्माण गरेको मूर्तिको प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अनावरण गरे।
 
कम्पनीले पृथ्वीनारायण शाहको २९५औं जन्मजयन्तीको दिन मूर्ति अनावरण गरेको हो। चन्द्रागिरि पर्वत पृथ्वीनारायण शाहको एकीकरण अभियानसँग सम्बन्धित रहेकोले मूर्ति स्थापना गरिएको कम्पनीले जनाएको छ।
 
कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले विगत सात वर्षदेखिको अथक प्रयासपछि परियोजना सकिएको बताउँदै परियोजना निर्माणमा स्थानीयको सहयोगको प्रशंशा गरे। उनले पृथ्वीजयन्तीको अवसरमा मूर्ति अनावरण गर्न पाएकोमा खुसी व्यक्त गरे।
 
कम्पनीका सञ्चालक हेमराज ढकालले धार्मिक पर्यटनका हिसाबले पनि चन्द्रागिरि महत्वपूर्ण रहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell