PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

मोटरसाइकल दुर्घटनामा सशस्त्र प्रहरी हवल्दारको ज्यान गयो



पहिलोपोस्ट

मोटरसाइकल दुर्घटनामा सशस्त्र प्रहरी हवल्दारको ज्यान गयो

गौशाला : महोत्तरी जिल्लाको जलेश्वर मटिहानी सडकखण्ड अन्तर्गत बहुअर्वा चोकमा मोटरसाइकल दुर्घटनामा परी एक सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ।
 
मृत्यु हुनेमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयमा कार्यरत स्थानीय मनराकट्टी गाविस– १ निवासी वरिष्ठ हवल्दार २२ वर्षीय अमितकुमार सिंह रहेको सशस्त्र प्रहरी उपरीक्षक प्रकाश श्रेष्ठले बताए।
 
गएराति ज २ प ३४६७ नं को मोटरसाइकलमा जलेश्वरस्थित आफ्नो घर जाँदै गरेको हवल्दार सिंह जिल्लाको सिमरदही गाविस– ९ स्थित बहुअर्वा चोकमा दुर्घटनामा परेका थिए। घाइते सिंहको जलेश्वर जिल्ला अस्पतालमा उपचारको क्रममा राति मृत्यु भएको हो।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell