PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

शृंखलाबद्ध रुपमा सुनको सिक्री लुट्ने युवक पक्राउ, नगद तीन लाख पनि बरामद



पहिलोपोस्ट

काठमाडौं : उपत्यकाभित्र शृंखलाबद्ध रुपमा सिक्री तथा अन्य धनमाल लुट्ने सागर भन्ने टीका थापा मगरलाई प्रहरीले पक्राउ गरेको छ।
 
रामेछाप दोरम्बा-८ का २९ वर्षे मगरलाई कागेश्वरी मनोहरा नगरपालिकाबाट चोरी गरी भाग्दै गरेको अवस्थामा प्रहरीले समातेको हो। उनको साथबाट नगद ३ लाख र अन्य चोरीका सामान बरामद गरिएको छ।
 
अहिलेसम्म उनले २०-२२ ठाउँबाट सुनको सिक्री चोरेको खुलेको प्रहरीको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell