
काठमाडौं : चैत १८ गते रिलिज हुने फिल्म 'लालटिन'मा समावेश गीत 'विह्स्की'को भिडियो सार्वजनिक भएको छ ।
विनोद ढकाल, सोमिया बराइली र किरण माइकलद्वा स्वरबद्ध गीतमा हिपहप र पप शैली फ्युजन गरिएको छ। गीतसँगै फिल्मभित्रका स्थिर तस्विरहरु पनि प्रस्तुत गरिएको छ।
दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी, अर्जुनजंग शाही, ए गुरुङ, नीर्जन थापा, राज कट्वाल अभिनित फिल्मलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन्।
भानुप्रतापको प्रस्तुति, अनिम श्रेष्ठ र राज केसीको निर्माण एवं मनोज राजभण्डारी र दीपक श्रेष्ठको सह निर्माण रहेको फिल्मलाई एमसन पिक्चर्सको ब्यानरमा निर्माण गरिएको हो।