PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

​रुस्लान कप क्रिकेट : आयोजक केसीटीसी र रोएल पिसी फाइटर क्वाटरफाइनलमा



पहिलोपोस्ट

​रुस्लान कप क्रिकेट : आयोजक केसीटीसी र रोएल पिसी फाइटर क्वाटरफाइनलमा

काठमाडौं : आयोजक केसीटीसी र पिसी फाइटर राजधानीमा जारी दोस्रो रुस्लान कप क्रिकेटको क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

प्रतियोगिताको दोस्रो दिन बुधबार सम्पन्न खेलमा केसीटीसीले क्यानोनल क्रिकेट क्लबलाई तथा रोएल पिसी फाइटरले खहरे क्रिकेट क्लब धादिङलाई पराजित गरेको हो।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको पहिलो खेलमा केसीटीसीले क्यानेनलाई ७ विकेटले हरायो। केसीटीसीले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको क्यानोनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ११ रन बनायो। क्यानोनका लागि सुमन ठाकुरले सर्बाधिक ३८ रन बनाए। यस्तै भुवन बस्नेतले १३ तथा अजय कुमार ठाकुरले १३ रन जोडे। 

क्यानोनलाई कम स्कोरमा रोक्न सुमित झा र दिलिप यादवले समान २ विकेट लिए भने सुधिर चौधरीले १ विकेट हात पारे। ११२ रनको लक्ष्य केसीटीसीले १५ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो।

आयोजकको जितमा कप्तान सन्जय बस्नेतले नटआउट ४२ रनको योगदान गरे। म्यान अफ दि म्याच २८ बल खेलेका सन्जयले ७ चौका प्रहार गरे। यस्तै विकेटकिपर आदिल खानले १३ रन योगदान गरे भने विवेक थापा मगर ११ रनमा नटआउट रहे। ओपनरद्वय विपिन आचार्य र सुमित महर्जन समान ११ रन बनाएर आउट भए।

बलिङमा क्यानोनका दिलिप जैसवालले २ तथा अजय कुमार ठाकुरले १ विकेट लिए।

अर्को खेलमा रविन जोशीको अर्धशतकको मद्वतमा रोएल पिसी फाइटरले खहरी क्रिकेट क्लबलाई ६ विकेटले हरायो। टस जितेर पहिले ब्याटिङ गरेको खहरेले निर्धारि २० ओभरमा ७ विकेट गुमाउँदै ११५ रन मात्र बनाउन सक्यो। उसका लागि अमृत थापाले सर्बाधिक २६ तथा अनिल थापाले २३ रन बनाए। यस्तै रोशन पुलामीले २२ तथा कृष्ण अधिकारीले २० रन जोडे। किरण ठगुन्ना २ तथा आयुशमान बम र अधिनाश सिंह समान १ रनमा आउट भए। 

बलिङतर्फ रोएल पिसी फाइटरका धिरज शाहीले र सुरेन्द चन्दले समान २ विकेट लिए। रविन खत्री र विजय सुनारले १ १ विकेट हात पारे। 
जवाफमा ११६ रनको लक्ष्य रोएल पिसी फाइटरले १२.२ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो। रोएल पिसीको जितमा ओपनर रविन जोशीले नटआउट रहँदै ५६ रन बनाए। ३० बल खेलेका रविनले ७ चौका र ३ छक्का प्रहार गरे। यस्तै विजय सुनारले २९, दान बहादुर कार्कीले २३ रनको योगदान गरे। सविन शाकय ४ तथा कप्तान प्रकाश चन्द १ रनमा आउट भए। 

बलिङतर्फ खहरेका राम बहादुर रानाले २ तथा सन्जम रेग्मी र रोशल पुलामीले १/१ विकेट हात पारे। रोएल पिसी फाइटरले अब क्वाटरफाइनलमा नेपाल अार्मीसँग खेल्नेछ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell