PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

ढोरपाटन महिला भलिबल : लगातार पाँचौ जितसँगै न्यु डायमन्ड शीर्ष स्थानमा कायमै



पहिलोपोस्ट

ढोरपाटन महिला भलिबल : लगातार पाँचौ जितसँगै न्यु डायमन्ड शीर्ष स्थानमा कायमै

काठमाडौं : न्यु डायमन्ड एकेडेमीले १२ औं ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगितामा एकल अग्रता बनाएको  छ। नयाँ बसपार्कस्थित नवनिर्मित कोटमा बुधबार सम्पन्न खेलमा न्यु डायमन्डले रामेछापको चन्डेश्वरी युवा क्लवलाई पराजित गर्दै एकल अग्रता बनाएको हो ।

चन्डेश्वरीलाई २५–९, २५–११ र २५–८ को सोझो सेटमा पराजित गरेको न्यु डायमन्डले ५ खेलबाट १५ अंक जोडेको छ।

बुधबार नै सम्पन्न अन्य खेलमा रिड मोडल कलेज र नेपाल पुलिसले पनि सफलता हात पारेका छन्। रिड मोडल कलेजले नैकापको न्यु डायमन्ड स्पोर्टस् क्लवलाई ३–० को सोझो सेटमा पराजित गर्‌यो। भारतीय राष्ट्रिय खेलाडीको वर्चस्व रहेको रिड मोडलले न्यु डायमन्ड स्पोर्टस् क्लबलाई २५–१४, २५–६ र २६–१२ को सेटमा पराजित गर्दै ३ अंक जोड्न सफल भएको छ।

त्यसैगरी बुधबार भएको अन्तिम खेलमा नेपाल पुलिसले पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघलाई ३–१ को सेटमा पराजित गरेको छ।

प्रतियोगितामा अहिलेसम्म ४ खेल खेलेको  सशस्त्र प्रहरीको एपीएफ क्लब चारै खेलमा अपराजित रहँदै १२ अंकका साथ दोस्रो स्थानमा छ।
तेस्रो स्थानमा रहेको नेपाल आर्मीले ४ खेलबाट १२ अंक जोडेको छ भने अर्को विभागीय टोली नेपाल पुलिसले ६ खेलबाट १२ अंक जोडेको छ।

त्यसैगरी आयोजक ढोरपाटन स्पोर्टस् क्लबले ५ खेलबाट ८ अंक जोडेको छ। रामेछापको चन्डेश्वरी युवा क्लबले ६ खेलबाट ७ अंक जोडेको छ।

पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघले ३ खेलबाट ३ अंक नै जोड्न सफल भएको छ भने बिजेश्वरी ज्ञान मन्दिर र न्यु डायमन्ड स्पोर्टस् क्लबले अंकको खाता खोल्न सकेका छैनन्।




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell