
नवनिर्वाचित अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पले रुससँग आफ्नो आपत्तिजनक दृष्य र कारोबारबारे जानकारी रहेको दावी गरिएको दस्तावेज लिक गर्न अमेरिकी खुफिया एजेन्सीका अधिकारी जिम्मेवार रहेको दावी गरेका छन्।
राष्ट्रपतिपदमा निर्वाचित भएपछिको पहिलो संवाददाता सम्मेलनमा उनले यी सबै दावी झुटो रहेको दावी गर्दै दस्तावेज सार्वजिनक हुनुमा खुफिया एजेन्सकीका अधिकारी जिम्मेवार रहेको आरोप लगाए।
दावी गरिए अनुसार रुससँग डोनाल्ड यौनकर्मीसँग रहेको दृष्य र उनको कारोबारबारे महत्वपुर्ण जानकारी रुसी अधिकारीसँग छ । डोनाल्डले खुफिया एजेन्सीले यस्तो सूचना बाहिर जान दिनु लज्जास्पद घटना भएको टिप्पणी गरेका थिए।
२५ पन्नाको सो दस्तावेजबारे वासिङटनमा अधिकाशलाई जानकारी भए पनि यसको पुष्टि नभएकाले सार्वजनिक भएको थिएन। अमेरिकी खुफिया एजेन्सीले सो दस्तावेजको आधारमा २ पन्नाको विश्लेषण अमेरिकी राष्ट्रपति बाराक ओबामा र डोनाल्डलाई दिएका थिए। योसँगै एजेन्सीले यो दावीलाई गम्भिरताकासाथ लिएको विष्लेशण शुरु भएको थियो।
डोनाल्डको व्यक्त्तिगत जिवनसँग जोडिएका सामाग्री रुससँग रहेको सामाग्री सार्वजनिक भएसँगै रुसले यसलाई दुई देशको सम्बन्ध खराब बनाउने शड्यन्त्र भन्दै खण्डन गरेको थियो।
डोनाल्डको आपत्तिजनक गतिविधी कैद रहेको दृष्य रुससँग रहेको दावी गरिएको दस्तावेज सबैभन्दा पहिला बेलायतको खुफिया एजेन्सी एमआई ६ को एक पूर्व एजेन्टले पाएका थिए। वरिष्ठ सिनेटर जन मैकनले सो दस्तावेज अमेरिकी जाँच एजेञ्सी एफबिआइलाई बुझाएका थिए।
पहिलो संवाददाता सम्मेलनमा उनले निर्वाचनताका आफुले उठाएको मेक्सिकोको सिमामा पर्खाल लगाउने वाचा पुरा गर्ने दावी गरे। उनले सिमामा पर्खाल लाग्ने र त्यसको खर्च कुन न कुनै रुपमा मेक्सिकोले तिर्ने दावी गरे।
उनले आफ्नो सबै कारोबार दुई जना छोरालाई हस्तान्तरण गर्ने जानकारी दिदै राष्ट्रपति पदमा रहेसम्म कारोबारमा कुनै पनि सम्बन्ध नराख्ने बताए ।