PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

घाँस काट्दा रूखबाट लडेर महिलाको मृत्यु



पहिलोपोस्ट

रुकुम, २८ पुस । घाँस काट्न रूखमा चढेकी एक महिलाको लडेर मृत्यु भएको छ। 

रुकुमको सिम्ली–१ की अन्दाजी ३४ वर्षीया देउरुपा खड्काको रूखबाट लडेर मृत्यु भएको हो । गाईवस्तुका लागि घाँस काट्न रूखमा चढेकी खड्का मङ्गलबार लडेर गम्भीर घाइते भएकी थिइन। 

उनलाई जिल्ला अस्पताल सल्लेमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको भए पनि त्यहाँ उपचार हुन नसकेर काठमाडौँ लगिएकोमा बुधबार मृत्यु भएको स्थानीयवासी रमेश डाँगीले जानकारी दिए। मृतक खड्कालाई टाउको र ढाडमा चोट लागेको उनले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell