PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

स्याङ्जाको भीरकोट नगरपालिकाको वर्षिक बजेट १० करोड



पहिलोपोस्ट

वालिङ : गत वर्ष नगरपालिकाका रुपमा घोषित भएको स्याङ्जाको भिरकोट नगरपालिकाले आगामी आर्थिक वर्षका लागि करिब रु दश करोडको बजेट सार्वजनिक गरेको छ। 

बुधबार बजेट सार्वजनिक घोषणा सभामा नगरपालिकाका कार्यकारी अधिकृत झविश्वर रेग्मीले चालु र पुँजीगत गरी बजेट सार्वजनिक गरेका हुन्। 

बजेटमा चालुतर्फ रु चार करोड ३३ हजार र पँुजीगततर्फ रु पाँच करोड ७३ लाख ३५ हजार गरी कुल रु नौ करोड ७३ लाख ६८ हजार बजेट सार्वजनिक गर्नुभएको हो । प्रस्तुत बजेटमा सामाजिक सुरक्षातर्फ रु तीन करोड २० लाख ४८ हजार रहेको छ। 

त्यस्तैगरी, चालु आवको असार मसान्तसम्मको संशोधित अनुमानित आम्दानीअन्तर्गत चालुतर्फ रु ८२ लाख ५५ हजार, सामाजिक सुरक्षातर्फ रु तीन करोड २० लाख ४८ हजार र पुँजीगततर्फ रु ६ करोड २९ लाख ५१ हजार चार सय रहेको छ। 

बजेट सार्वजनिक सभामा कार्यकारी अधिकृत रेग्मीले भिरकोट नगरपालिकाका सम्भावना र चुनौतीसहित भावी नीति तथा कार्यक्रम अगाडि सार्नुभएको थियो । दोस्रो बजेट सार्वजनिक घोषणा सभाको सांसद कमलप्रसाद पंगेनीले उद्घाटन गरेका थिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell