दमौली : तनहुँको बन्दीपुर नगरपालिका–६ विमलनगर निवासी सिद्धगुफा विकास समितिका संस्थापक अध्यक्ष लालकुमार श्रेष्ठले गुफाको भवन निर्माणका लागि रु ६ लाख मूल्य पर्ने जग्गादान दिनुभएको छ।
गुफाको व्यवस्थापनका लागि भवन निर्माण गर्न रु ६ लाख मूल्य बराबरको जग्गादान दिएको श्रेष्ठले बताए । सिद्धगुफा विकास समितिको बुधबार विमलनगरमा आयोजित नवौँ साधारणसभाका अवसरमा अध्यक्ष श्रेष्ठले सो जग्गादान गरेका हुन् । गुफालाई जग्गादान दिने माइनुटिङ भइसकेको र पास गर्न मात्रै बाँकी रहेको जानकारी उनले दिए।
हालका गुफाका अध्यक्षसमेत रहनुभएका श्रेष्ठले यसअघि पनि डुम्रेस्थित चिजकुमार÷विष्णुकुमारी क्याम्पस र पवित्रा माविका लागि पृथ्वी राजमार्गसँगै जोडिएको रु ३० लाख मूल्य बराबरको चार आना घडेरी जग्गा दान दिएका हुन्।
सो साधारणसभाको बन्दीपुर नपाका कार्यकारी अधिकृत नेत्रप्रसाद पौडेलले उद्घाटन गर्दै गुफाको पर्यटन प्रवद्र्धनका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने बताए। रासस