PahiloPost

Dec 30, 2025 | १५ पुष २०८२

गोदावरी वनस्पति उद्यानमा स्वदेशी फूलको अध्ययन सुरु



पहिलोपोस्ट

गोदावरी वनस्पति उद्यानमा स्वदेशी फूलको अध्ययन सुरु

ललितपुर : गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यानमा पुष्प व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यले स्वदेशी, स्वभनीय (सजावटका) फूलको अध्ययन अनुसन्धान सुरु भएको छ।
 
स्वदेशी जातका फूल फुल्ने समय, अवधि, प्रकार लगायतका विषयमा अध्ययन भइरहेको उद्यानका प्रमुख दीपक लामिछानेले बताए। विदेशी फूल प्रतिस्थापन गरेर स्वदेशी फूलको प्रवद्र्धन गर्नेसमेत अध्ययनको उद्देश्य छ। विभिन्न जातका स्वदेशी फूलको जीवन चक्रको अध्ययन गरिरहेको उनले बताए।
 
स्वदेशी फूलको अध्ययनका क्रममा अहिले उद्यानमा खिरौला, नेपाली लिली, दमाईं फूल, ग्राउन्ड अर्किड लगायतको अध्ययन भइरहेको छ। फूलको पात, फूल, हाँगा बीउ लगायतका भागको समेत अध्ययन भइरहेको छ। यी फूलको सम्भावना देखिएमा तिनलाई नर्सरीमा लगाउन पुष्प व्यवसायीलाई सल्लाह दिने उद्यानको योजना छ। उनले भने, 'हामीले गरेको अध्ययनबाट पुष्प व्यवसायीले सिकेर आफ्नो नर्सरीसम्म लगाउन सक्छन्।'
 
अध्ययन अनुसन्धानका लागि वनस्पतिविद् र विद्यार्थीसमेत उद्यानमा आइरहेका छन्। नेपाली मात्रै नभएर विदेशी आगन्तुकसमेत वनस्पतिको अध्ययनका लागि आउने गर्छन्। उद्यानले विगतदेखि नै वनस्पतिको विभिन्न अध्ययन गर्दै आएको छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.695402d2d777a6.25730520): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.695402d2d777a6.25730520,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293