PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

विश्वयात्रीद्वयको त्रिदेशीय अनुभव ‘देखेको विश्व र नेपाल’मा



पहिलोपोस्ट

विश्वयात्रीद्वयको त्रिदेशीय अनुभव ‘देखेको विश्व र नेपाल’मा

काठमाडौं : विश्वयात्रामा रहेका नवराज भट्टराई ‘कोहम्’ र नारायणप्रसाद भट्टराई ‘सोहम्’को  यात्रा संस्मरण ‘देखेको विश्व र नेपाल’ सार्वजनिक भएको छ।
 
भारत, भुटान र म्यानमारको भ्रमण गर्दा देखेका विभिन्न विषयवस्तु तथा अनुभवमा आधारित सो पुस्तक लेखकद्वयको चौथो कृति हो।
 
विश्वदर्शन अभियान, नेपालको चौथो वार्षिकोत्सवको अवसरमा बुधबार आयोजित कार्यक्रममा साहित्यकार एवम् पूर्वअर्थमन्त्री शङ्करप्रसाद कोइरालाले पुस्तक लोकार्पण गरे।
 
पुस्तकमा भारत लगायतका मुलुकमा विश्वयात्रीद्वयले देखेको, अनुभव गरेको विषयलाई सरल शैलीमा प्रस्तुत गरिएकाले नयाँ पुस्तालाई उपयोगी हुने कोइरालाले बताए।
 
योग तथा प्राकृतिक चिकित्सक हरिप्रसाद पोखरेल ‘मानसाग्नी’ ले नेपालको राष्ट्रिय एकता मजबुत बनाउन लेखकद्वयले विश्वयात्रा गरिरहेकाले पुस्तक कतै संस्मरण, कतै आख्यान त कतै पत्रकारिता शैलीमा विविध विषयसहित आएको विचार व्यक्त गरे।
 
राष्ट्रिय समाचार समितिका वरिष्ठ कार्यकारी सम्पादक तीर्थप्रसाद भट्टराईले सो पुस्तकले पाठकलाई भारतका विभिन्न प्रदेशबारे तथा त्यहाँ नेपाली संस्कृति जोगाउन त्यहाँ रहेका नेपालीद्वारा गरिएका प्रयासबारे जानकारी उपलब्ध गराउने बताउँदै विश्वदर्शन अभियान नेपालले विभिन्न समयमा गरेका सामाजिक सेवाका कार्यको सराहना गरे।
 
यसअघि यात्रीद्वयको गृहजिल्ला भोजपुरमा यो किताब विमोचन गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell