PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

एक जोडी गैँडा गाउँ पसेपछि स्थानीयवासी आतङ्कित



पहिलोपोस्ट

एक जोडी गैँडा गाउँ पसेपछि स्थानीयवासी आतङ्कित

हेटौँडा : पर्सा वन्यजन्तु आरक्षबाट बुधबार एक जोडी गैँडा हाँडीखोला गाविसको बस्तीमा पसेपछि स्थानीयवासीमा आतङ्क फैलियो।
 
हेटौँडा उपमहानगरसँग सिमाना जोडिएको हाँडीखोला गाविसको लामिटार र मसिने क्षेत्रमा मङ्गलबार साँझदेखि जोडी गैँडा देखिएको स्थानीयवासीले बताएका छन्। करिब २२ महिनाअघि हेटौँडामा गैँडा आतङ्कले एक महिलाको मृत्यु भएको थियो भने नौजना गम्भीर घाइते भएका थिए। त्यति बेला पनि हाँडीखोलाबाट हेटौँडा आएको गैँडाले बजार क्षेत्रमै आतङ्क मच्चाएको थियो।
 
बुधबार बिहान स्थानीय पशुपतिनाथ माविमा अध्ययन गर्न जाने विद्यार्थीलाई पनि गैँडाले आक्रमण गर्ने प्रयास गरेको थियो। कक्षा १० मा अध्ययनरत सरस्वती थिङले भनिन्, 'बिहान ७ बजेदेखि विद्यालयमा कोचिङ कक्षा सुरु हुने भएकाले जाँदै गर्दा बौंडाफाँटमा गैँडाले लखेट्यो। बिहान बाक्लो हुस्सु लागेको थियो। नजिकै पुगेपछि मात्र गैँडासँग जम्काभेट भयो।'
 
गैँडा यसरी आउने जाने गरिरहने र बस्तीमा पसे पनि हालसम्म मानवीय क्षति भने नगरेको सुरक्षाकर्मीले जनाएका छन्।रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell