PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

आठ वर्षअघि हत्या गरिएकी पत्रकार उमा सिंहको स्मृति दिवस मनाइयो



पहिलोपोस्ट

आठ वर्षअघि हत्या गरिएकी पत्रकार उमा सिंहको स्मृति दिवस मनाइयो

महेन्द्रनगर (धनुषा) : जनकपुरकी प्रथम सहिद महिला पत्रकार उमा सिंहको आठौँ स्मृति दिवस बुधबार मनाइएको छ।
 
उमा सिंहको आठौँ स्मृतिमा नेपाल पत्रकार महासङ्घ धनुषा शाखाले बुधबार साँझ जानकी मन्दिर प्राङ्गणमा दीप प्रज्वलन गरी मनाएको हो। दीप प्रज्वलन कार्यक्रममा जनकपुरका सम्पूर्ण सञ्चारकर्मीको उपस्थिति रहेको थियो।
 
जनकपुरको रेडियो टुडेमा कार्यरत २५ वर्षीया पत्रकार सिंहलाई २०६५ पुस २७ गते राति सवा ९ बजे जनकपुर नगरपालिका–१४ रजौलस्थित डेरामा बसेको बेला अज्ञात समूहले निर्ममतापूर्वक हत्या गरेका थिए।
 
पत्रकार सिंहका मुख्य हत्यारा उमेश यादव धनुषा जिल्ला अदालतबाट सर्वश्वसहित जन्मकैदको सजाय आदेश भई महोत्तरीको जलेश्वर कारागारमा छन्। त्यस्तै, उक्त घटनामा संलग्न सहिद पत्रकार उमाकी भाउजू ललिता यादव र नेमलाल पासवानलाई अदालतबाट जन्मकैदको सजाय पाएर जलेश्वर करागारमा छन्।
 
पत्रकार सिंहलाई उनीहरु लगायत १०/१५ जनाको समूहले धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए। घटनामा संलग्न अन्य अहिलेसम्म फरारकै अवस्थामा छन्।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell