PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

मलेसियामा कार्यरत इलामका युवकको सुतेकै ठाउँमा मृत्यु



पहिलोपोस्ट

इलाम : वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका एक इलामेलीको सुतेकै अवस्थामा मृत्यु भएको छ।
 
तीन वर्षअघि मलेसिया पुगेका माईपोखरी–६ चाँपगैरीका ३७ वर्षीय बेनुप मुखियाको सोमबार मृत्यु भएको मलेसियामा कार्यरत बुद्धिमान राईले जानकारी दिए।
 
मलेसियाको पोर्ट केलाङ कम्पनीमा कार्यरत उनको शव शुक्रबार नेपाल ल्याउने तयारी भइरहेको छ। बेनुप मलेसियामै हुँदा नेपालमा उनकी आमा र दिदीको समेत मृत्यु भइसकेको छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell