
इएफएल कप अन्तर्गत सेमिफाइनलको पहिलो लेगको खेलमा लिभरपुल साउथह्याम्पटनसँग पराजित भएको छ।
नाथन रेडमोण्डले गरेको एक मात्र निर्णायक गोलको मद्वतमा साउथह्याम्पटनले लिभरपुललाई १-० ले पराजित गरेको हो।
घरेलु मैदानमा साउथह्याम्पटनलाई जित दिलाउन रेडमोण्डले खेलको २० औं मिनेटमा गोल गरे।
साउथह्याम्पटन र लिभरपुलबीच सेमिफाइनलको दोस्रो लेग जनवरी २६ मा लिभरपुलको मैदानमा हुनेछ।