
मेसी, सुवारेज र नेमारले गोल गरेपछि बार्सिलोना एथ्लेटिक विल्वाओलाई पराजित गर्दै स्पानिस कोपा डेल रे को क्वाटरफाइनलमा प्रवेश गरेको छ।
पहिलो लेग २-१ ले हारेको बार्सिलोनाले दोस्रो लेगमा ३-१ जित्दै समग्रमा ४-३ ले विजयी भएको हो। दोस्रो लेगमा बार्सिलोनालाई जिताउन एमएमएनले १/१ गोल गरे।
क्वाटरफाइनल पुग्न बार्सिलोनालाई २ गोल अन्तरको जित आवश्यक थियो। लुइस सुवारेजले ३६ औं मिनेटमा गोल गर्दै अग्रेगेट स्कोर २-२ को बराबरी गरे। त्यसपछि ४७ औं मिनेटमा प्राप्त पेनाल्टीलाई नेमारले गोलमा परिणत गरेपछि बार्सिलोनाला ३-२ को अग्रता बनायो।
त्यसको ४ मिनेटपछि एथ्लेटिक विल्वाओका एनरिक साबोरिटले गोल गर्दै स्कोर ३ ३ बनाएका थिए। तर लियोनल मेसीले ७७ औं मिनेटमा फ्रिकिकबाट गोल गरेपछि बार्सिलोनालाई ४-३ को जित दिलाए।
यस्तै रियल सोसिडाड र अल्कोकोन पनि कोपा डेल रे को क्वाटरफाइनलमा प्रवेश गरेका सोसिडाडाले भियारियालाई समग्रमा ४ २ तथा अल्कोकानेले कोर्डोबालाई २-१ ले पराजित गरेको हो।
यता डेपार्टिेभा ला कुरानासँग समग्रमा ३-३ को बराबरी खेलेको अलाभेस पनि अन्तिम आठमा पुगेको छ। दोस्रो लेगमा घरेलु मैदानमा १-१ को बराबरी खेलेको अलाभेजले पहिलो लेगमा डेपोर्टिभाको मैदानमा २-२ को बराबरी खेलेको थियो। अवे मैदानमा धेरै गोल गरेका कारण अलाभेज क्वाटरफाइनलमा पुगेको हो।
यस अघि नै एथ्लेटिको मड्रिड क्वाटरफाइनलमा पुगिसकेको छ। कोपा डेल रे अन्तर्गत आज रियल मड्रिड र सेभिया, सेल्टाभिगो र भ्यालेनिसया तथा ओसासुना र आइबरबीच खेल हुनेछ। पहिलो लेगमा रियल, सेलटा र आइबर विजयी भएका थिए।