PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

गएराति निधन भएका पत्रकार महासंघका पूर्वसभापति उपाध्यायको अन्त्येष्टि



पहिलोपोस्ट

गएराति निधन भएका पत्रकार महासंघका पूर्वसभापति उपाध्यायको अन्त्येष्टि

काठमाडौँ : गएराति निधन भएका नेपाल पत्रकार महासङ्घका पूर्वसभापति मणिराज उपाध्यायको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। उपाध्यायको हृदयाघातका कारण ९४ वर्षको उमेरमा निधन भएको थियो।
 
वरिष्ठ पत्रकार उपाध्यायप्रति अन्तिम श्रद्धाञ्जलि दिँदै सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले उनी चेतना र सूचनाका तपस्वी भएको बताए। नेपालीमा आवाज र चेतना छ भन्ने जगाएर स्वाभिमानका साथ प्रेस स्वतन्त्रता बचाउनमा उपाध्यायको भूमिकाको उनले प्रशंसा पनि गरे।
 
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले उपाध्यायले कठिन स्थितिमा पनि स्वाभिमानका साथ पत्रकारिता गरेको स्मरण गरे। महासङ्घका पूर्वसभापति हरिहर विरहीले आफ्नो स्वाभिमान र मुलुकको हितमा कसैसँग उपाध्यायले सम्झौता नगरेको बताए।
 
महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले उपाध्यायको पार्थिव शरीरमा संस्थाको झन्डा ओढाउँदै शोक मनाउन तीन दिन महासङ्घका तर्फबाट औपचारिक कार्यक्रम आयोजना नगरिने जानकारी दिए।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell